२०८१ बैशाख, १७ सोमबार

महाकालीको बहाव खतराको सतहभन्दा माथि, नदीछेउछाउ नजान प्रहरीद्धारा माइकिङ (महाकाली नदीको उग्र रुप हेर्नुहोस् तस्वीरमा )

महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । लगातारको वर्षाले गर्दा नदीले खतराको सतह पार गरेको छ । दार्चुलाको दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । 
जिल्ला प्रशासन कार्यालय दार्चुलाले राती १० बजे निकालेको सूचना अनुसार जलमापन  केन्द्र दत्तुमा ६.७ मिटर पुगेको छ । भने सदरमुकाम खलंगाको पुलघाटमा ४.५ मिटर पुगेको छ ।  


प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले महाकाली नदीमा बाढीले खतराको सतह पार गरेको भन्दै सतर्कता अपनाउन जिल्लाबासीमा आग्रह गर्नुभएको छ । नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
दार्चुलाको महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका महाकाली नदी किनार क्षेत्रका बासिन्दाले सचेतना अपनाउन भनिएको छ ।
प्रशासनले नदीछेउछाउ नजान स्थानीयलाई आग्रह गरेको छ । नदीमा पानीको बहाव अत्यधिक बढ्दै गइरहेको र पानी पनि नरोकिएको कारण उच्च सतर्कता अपनाउन भनिएको छ ।


 

प्रकाशित मिति: शनिबार असार ५, २०७८/Saturday 06-19-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै