‘मानव अधिकारको अवस्थाबारे अनुगमन आवश्यक छ’ : जोशी सारथी खबर अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सुदूरपश्चिममा मानव अधिकारको अवस्था सुधार हुन नसकेको बताएका छन् । मानव अधिकार रक्षकहरुको लागि धनगढीमा आयोजना गरिएको क्षमता अभिबृद्धि कार्यक्रममा यस्तो बताएका हुन् । ‘मानव अधिकार रक्षकहरुले मानव अधिकारको अनुगमन गरी राज्यलाई खबरदारी गर्नु आवश्यक छ,’ प्रदेश संयोजक जोशीले भने, ‘नागरिकलाई कर्तव्यनिष्ठ बनाउदै, जनताका कुण्ठित भएका आवाज उठाउनु अधिकारकर्मीको दायित्व हो ।’ उनले सुदूरपश्चिमका मानव अधिकारकर्मीलाई निरन्तर मानव अधिकारको अवस्थाबारे अनुगमन गर्दै राज्यलाई जिम्मेवार बनाउन अधिकारकर्मी लाग्नुपर्ने धारणा राखे । राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख हरी ज्ञवालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार बारे सहजीकरण गरे । कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले घटनाको अनुगमन र सूचना संकलन तथा अभिलेखिकरण विधि, अभिलेखिकरणले ल्याएको परिणाम र यसको महत्वको बारेमा सहजीरकण गरे । मानव अधिकारको लागि आयोजित क्षमता अभिबृद्धि कार्यक्रममा मानव अधिकारको क्षेत्रमा क्रियाशिल सुदूरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, दार्चुला, कैलाली र कञ्चनपुर जिल्लाका मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियो । प्रकाशित मिति: बिहीबार जेठ १७, २०८१/Thursday 05-30-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या प्रदेश गौरब : खलंगा–खार सडक खण्ड अवरुद्ध पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा