सुदूरपश्चिममा चालू आर्थिक वर्षमा ३६ प्रतिशत मात्रै बजेट खर्च सारथी खबर आर्थिक वर्षको अन्तमा हतारमा काम गरेर बजेट खर्च गर्ने प्रवृत्ति सुदूरपश्चिममा यस पटक पनि दोहोरिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को १० महिना सकिँदा जम्मा ३६ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्षको बाँकी दुई महिनामा ६४ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्थाका कारण हतारमा बजेट सक्ने प्रवृत्ति दोहोरिने देखिएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले २९ अर्ब २८ करोड ४० लाख ४० हजार बजेट विनियोजन गरेको थियो । हालसम्म १० अर्ब ६४ करोड ६३ लाख २४ हजार रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यो कुल बजेटको ३६.३५ प्रतिशत हो । चालुतर्फ विनियोजित ११ अर्ब ९६ करोड १६ लाख ८० हजारमध्ये ५ अर्ब तीन करोड ४४ लाख अर्थात् ४२.०८ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख ३६ हजार विनियोजन भएकामा पाँच अर्ब ६१ करोड १८ लाख ५९ हजार अर्थात् ३२.९६ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएकाे छ । प्रकाशित मिति: शुक्रबार जेठ २५, २०८१/Friday 06-07-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै अर्थविद डाक्टर चन्दद्वारा लिखित"KEYS OF HOW TO DEVELOP NEPAL" पुस्तक सार्वजनिक सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनर्लेखन गर्दै दार्चुलामा सिटिजन्स बैंकको शाखा संचालनमा सोमबारदेखि सरकारी खाता बन्द हुँदै दार्चुलामा कसले कस्तो ल्याए, नीति कार्यक्रम र बजेट दार्चुला भन्सार कार्यालयको राजस्व बढ्यो पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने