दार्चुला भन्सार कार्यालयको राजस्व बढ्यो सारथी खबर दार्चुला भन्सार कार्यालयले दार्चुलाको भन्सार राजस्व बढेको छ । चालू आर्थिक वर्षको ११ महिनामै राजस्वको लक्ष्य भेट्टाएको हो । भन्सार कार्यालय दार्चुलाले चालू आर्थिक वर्षको ११ महिनामा ५४ लाख ९ हजार ७३५ रुपैयाँ राजस्व संकलन गरेको भन्सार कार्यालय दार्चुलाका प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए । कार्यालय प्रमुख प्रसादका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा ६ लाख ७० हजार ४ सय ८१ रुपैयाँ, भदौ महिनामा ४ लाख ६ हजार ७१ रुपैयाँ, असोज महिनामा ४ लाख ४९ हजार १ सय ६८ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै कात्तिक महिनामा ४ लाख १३ हजार २ सय १ रुपैयाँ, मंसिरमा ३ लाख ६८ हजार ९३ रुपैयाँ, पुस महिनामा ३ लाख २७ हजार ४ सय ८० रुपैयाँ, माघमा २ लाख ७२ हजार ३ सय ५८ रुपैयाँ संकलन गरिएको छ । यसैगरी फागुन महिनामा ४ लाख ५३ हजार ९ सय १२ रुपैयाँ, चैतमा ५ लाख ५० हजार ६ सय २८ रुपैयाँ, वैशाख महिनामा ८ लाख १३ हजार ७ सय ९३ रुपैयाँ र जेठ महिनामा ६ लाख ८४ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा भन्सार कार्यालयले राजस्व बढाउन सहयोग मागेको छ । सुरक्षाकर्मीको कडा चेकजाँचपछि भन्सार कार्यालयमा राजस्व बढेको हो । यसवर्ष दार्चुलाबाट भारततर्फ खरीसमेत निर्यात भएको छ । प्रकाशित मिति: बुधबार असार ६, २०८१/Wednesday 06-19-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै अर्थविद डाक्टर चन्दद्वारा लिखित"KEYS OF HOW TO DEVELOP NEPAL" पुस्तक सार्वजनिक सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनर्लेखन गर्दै दार्चुलामा सिटिजन्स बैंकको शाखा संचालनमा सोमबारदेखि सरकारी खाता बन्द हुँदै दार्चुलामा कसले कस्तो ल्याए, नीति कार्यक्रम र बजेट सुदूरपश्चिममा चालू आर्थिक वर्षमा ३६ प्रतिशत मात्रै बजेट खर्च पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने