सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनर्लेखन गर्दै सारथी खबर यही भदौ १२ गतेभित्र यसअघिका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट फिर्ता लिएर नयाँ बजेट निर्माणको समयसीमा निर्धारण गरिएको छ । संघीय सरकारले चालु आर्थिक वर्षका लागि २ अर्ब बढी अनुदान रकम कटौति गरेकाले बजेटको आकार घट्ने देखिएको सुदूरपश्चिम प्रदेश आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए । ‘अबको बजेट नयाँ पनि होइन पुरानो पनि होइन। त्यसलाई परिमार्जन गरेर ल्याउने हाम्रो तयारी छ। कतिपय योजना काट्न नपाउने छन् ती काटिदैनन्। पहिला संसदमा पेस भएको बजेट फिर्ता लिने काम हुन्छ । हामी २५ लाखभन्दा तलका कुनै पनि योजना हाल्दैनौं।’ ‘तत्कालिन मुख्यमन्त्री सोडारीको पालामा बनेको बजेट अनुमानित थियो। अब यथार्थ बजेट आउँछ। हामीले अनुमान गरेभन्दा केन्द्रबाट २ अर्ब ३५ करोड बजेट घटेर आएकाले सोहीअनुसार बजेटको आकार निर्धारण हुनेछ’, आर्थिक मामिला राज्यमन्त्री बमले भने। चालु आर्थिक वर्ष २०८१÷८२ का लागि अहिले बजेट पुनर्लेखनको काम भइरहेको छ। यही समयमा मन्त्रालयहरूमा योजना माग्नेको भीड दैनिक रुपमा बढ्न थालेको छ। दल निकट नेता कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधिलगायत मन्त्रीहरूसँग पहुँच भएकाहरू योजना मागका फाइल बोक्दै मन्त्रालय धाउन थालेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पत्रकार सम्मेलनमार्फत चालु आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम पुनर्लेखनको तयारी भइरहेको बताएका थिए। अघिल्लो सरकारले प्रदेशसभामा पेस गरेको बजेट फिर्ता लिएर नयाँ बजेट ल्याउने प्रयास गरिरहेको शाहले बताए। नयाँ बजेट ल्याए पनि चालुतर्फका अधिकांश शीर्षक र बजेट कायमै हुने, स्थानीय तहलाई प्रदान गर्ने भनिएको वित्तीय समानीकरण, समपूरक, विशेष र ससर्त अुनदानअन्तर्गत विनियोजित बजेट तथा कार्यक्रम, संघीय ससर्त अनुदानअन्तर्गतका योजनाहरू हेरफेर नहुने मुख्यमन्त्री शाहले बताए । अब आउने बजेट कार्यक्रममा २५ लाखभन्दा कम रकमका योजना नराख्ने दाबी गरिएको छ। यस्तै, प्रदेश सरकारले विनियोजन गर्ने कुनै पनि योजनाहरू अब उपभोक्ता समितिमार्फत गर्ने नपाइने व्यवस्था गर्न लागिएको छ। प्रकाशित मिति: बुधबार भदौ ५, २०८१/Wednesday 08-21-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै अर्थविद डाक्टर चन्दद्वारा लिखित"KEYS OF HOW TO DEVELOP NEPAL" पुस्तक सार्वजनिक दार्चुलामा सिटिजन्स बैंकको शाखा संचालनमा सोमबारदेखि सरकारी खाता बन्द हुँदै दार्चुलामा कसले कस्तो ल्याए, नीति कार्यक्रम र बजेट दार्चुला भन्सार कार्यालयको राजस्व बढ्यो सुदूरपश्चिममा चालू आर्थिक वर्षमा ३६ प्रतिशत मात्रै बजेट खर्च पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने