दार्चुलामा कसले कस्तो ल्याए, नीति कार्यक्रम र बजेट सारथी खबर दार्चुलाका तीन वटा स्थानीय तहले नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधानअनुरुप मार्मा गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले आज नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र पालिकाहरूले बजेट ल्याउनुपर्ने हुन्छ । सोही अनुरुप तीन स्थानीय तहले नीति कार्यक्रम सार्वजनिक गरेका छन् । शैल्यशिखर नगरपालिकाको १५ औं नगरसभाले ०८१।०८२ को लागि नीति कार्यक्रम सार्वजनिक गरेको छ । शैल्यशिखर नगरपालिका नगर उपप्रमुख शान्ति खडायतले नीति कार्यक्रमसँगै आगामी आर्थिक वर्षको अनुमानित बजेट समेत नगरसभामा पेश गरेकी छिन् । उनले आगामी आर्थिक वर्षको लागि कुल ६० करोड ७४ लाख ४ हजार रुपैयाँको बजेट पेश गरेकी छिन् । जसअनुसार सर्शत अनुदान चालूतर्फ २९ करोड १९ लाख २४ हजार, सर्शत अनुदान पूजीगततर्फ २ करोड ६३ लाख १७ हजार, राजस्व बाँडफाँड संघ ९ करोड ३६ लाख अनुमान गरिएको छ । यस्तै प्रदेश सरकाको ५ करोड १६ लाख ८० हजार, समानुकीकरण अनुदान १ करोड १९ लाख ४३ हजार, सर्शत अनुदान चालूतर्फ १० लाख ३० हजार, सर्शत अनुदान पूजीगततर्फ ६४ लाख विशेष अनुदान चालूतर्फ ७५ लाख, समपुरक अनुदान पूजीगततर्फ २ करोड ५ लाख २ हजार, राजस्व बाँडफाँड प्रदेशतर्फ ४३ लाख ५ हजार अनुमान गरिएको छ । शैल्यशिखर नगरपालिकाले चालूतर्फ ४६ करोड ४६ लाख ९३ हजार ५०६ रुपैयाँ तथा पूजीगततर्फ १४ करोड २७ लाख १० हजार ४ सय ९४ रुपैयाँ अनुमान गरेको उपप्रमुख खडायतले जानकारी दिइन् । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कुल ५७ करोड ९१ लाख ७४ हजार रुपैयाँको अनुमानित बजेट गाउँसभामा पेश गरेको छ । १२ औं गाउँसभामा आगामी वर्षको विभिन्न शिर्षकमार्फत आउने रकम गाउँमा सभामा पेश गरेका हुन् । गाउँपालिका उपाध्यक्ष कल्यानसिह धामीले नीति कार्यक्रम तथा बजेट पेश गरेका छन् । गाउँपालिकाले संघीय सरकारबाट वित्तिय समानीकरण अनुदानतर्फ १० करोड ६५ लाख, राजस्व बाँडफाँड ७ करोड ६९ लाख, सर्शत अनुदानतर्फ २४ करोड ३५ लाख ५९ हजार, सामाजिक सुरक्षातर्फ ७ करोड ९९ लाख ४० हजार र समपुरक अनुदानतर्फ २ करोड २० लाख गरी कुल ५२ करोड ८८ लाख ९९ हजार रुपैयाँ अनुमान गरिएको छ । यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानतर्फ ९८ लाख, विशेष अनुदान ७० लाख, राजस्व बाँडफाँड ९ लाख ७५ हजार, सर्शत अनुदान ७८ लाख ५० हजार, समपुरक अनुदान १६२ लाख गरी कुल ४ करोड १९ लाख ७५ हजार रुपैया अनुमान गरिएको छ । यस्तै पालिकाको आन्तरिक राजस्वतर्फ ३५ लाख, गत वर्षको अनुमानित मौज्दात ५० लाख बजेट अनुमान गरिएको गाउँपालिकाले जनाएको छ । मार्मा गाउँपालिकाले पनि आज नीति कार्यक्रम सार्वजनिक गरेको छ । प्रकाशित मिति: बिहीबार असार ७, २०८१/Thursday 06-20-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै अर्थविद डाक्टर चन्दद्वारा लिखित"KEYS OF HOW TO DEVELOP NEPAL" पुस्तक सार्वजनिक सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनर्लेखन गर्दै दार्चुलामा सिटिजन्स बैंकको शाखा संचालनमा सोमबारदेखि सरकारी खाता बन्द हुँदै दार्चुला भन्सार कार्यालयको राजस्व बढ्यो सुदूरपश्चिममा चालू आर्थिक वर्षमा ३६ प्रतिशत मात्रै बजेट खर्च पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने