एसईईको नतिजा आउदै, ननग्रेडेडले ११ कक्षामा पढ्न नपाउने सारथी खबर माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्नेृ भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार केही प्राविधिक तयारी नपुगेकाले बुधबार नतिजा प्रकाशित हुन सकेन । पौडेलले अन्य सबै तयारी पूरा भएको जानकारी दिए । उनले डेमो गर्ने र हस्तक्षर गर्ने सबै काम पूरा भएको बताए । गत १५ चैत देखि २७ चैतसम्म भएको परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी भएका थिए । यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ भने ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । नन ग्रेडेडले कक्षा ११ मा पढ्न पाउने छैनन् । प्रकाशित मिति: बिहीबार असार १४, २०८१/Thursday 06-27-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु शिक्षा विकास तथा समन्वय इकाईको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश