रोम विधान अनुमोदनको माग गर्दै सरकारलाई ज्ञापनपत्र सारथी खबर अन्तर्राष्ट्रिय न्याय दिवस (जुलाई १७) को अवसरमा साउन २ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै दार्चुलामा अधिकारकर्मीहरुले हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । रोम विधान अनुमोदन गर्न सरकारसँग माग गर्दै बुझाइएको ज्ञापनपत्रमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गैरसरकारी संस्था सामुदायिक ग्रामीण विकास समाज नेपाल तथा पत्रकारहरुले हस्ताक्षर गरेका छन् । नेपालको मानव अधिकारको सम्मानका लागि रोम विधानको अनुमोदन गर्नु आवश्यक रहेको भन्दै ज्ञापन पत्र बुझाइएको इन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्रसिह कार्कीले बताए । रोम विधान अन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्ध अपराध, आमनरसंहार र मानवता विरूद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जबाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्नेबारे ज्ञापनपत्रमा उल्लेख छ । अधिकारकर्मीहरूबाट प्राप्त पत्रलाई तत्कालै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउने उनले प्रतिबद्धता व्यक्त गरे । प्रकाशित मिति: बुधबार श्रावण २, २०८१/Wednesday 07-17-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या प्रदेश गौरब : खलंगा–खार सडक खण्ड अवरुद्ध पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दिवस मनाउन दिएको रकम जोशीको उपचारमा सहयोग पूर्वराजाको स्वागतमा विमानस्थल प्रवेशमा कडाइ नाँचनथली र हासनथलीको बीचमा मालवाहक ट्रक दुर्घटना हुदा तीन जना घाइते नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको अध्यक्षमा मुरारीलाल टमटा चयन दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन