मार्माका बाढिपीडितको पुर्नस्थापनाको लागि पहल गर्ने निर्णय सारथी खबर जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मार्माका बाढिपहिरो पीडितको पुर्नस्थापनाको लागि पहल थालेको छ । एकसाताअघि आएको बाढिपहिरोका कारण विस्थापित मार्मा गाउँपालिका वडा नम्बर ४, ५ र ६ का स्थानीयको पुर्नस्थापनाको लागि समितिले पहल थालेको हो । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा बसेको बैठकले बाढिपहिरोबाट विस्थापित भएका परिवारलाई पुर्नस्थापना पुर्नबासका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौंलाई अनुरोध गर्ने निर्णय भएको छ । मार्मा गाउँपालिकाका गाउँ कार्यपालिकाको असार ३१ गतेको निर्णयअनुसार बाढिपहिरो पीडितलाई पुर्नस्थापनाको लागि अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । बाढिपहिरोका कारण मार्माका मुरै, गन्याड, निम्ठा, मर्मतीका गरी ३२ परिवार विस्थापित भएको मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताए । उनले भने, अहिले विस्थापितहरु ६ परिवार विद्यालयमा बसोबास छ । त्योबाहेक अन्य आफन्तकोमा छन् । बर्खा निरन्तर भइरहेको हुँदा उनीहरुको उचित व्यवस्थापन गर्न नसके अझै सोही ठाउँमा पुर्नस्थापना गर्न सकिने अवस्था छैन्, उनले भने । उनीहरुलाइ उचित ठाउँमा घरबाससहित राख्न सकिन्छ भनेर पहल भएको हो । यस्तै बैठकले मार्मा गाउँपालिका वडा नम्बर ३ स्थित रिल पहिरोका कारण चमेलिया नदीको बहाव मर्मती बस्तीतिर धकेलिने गरेको छ । छ भने वडा नम्बर ४ भएर बग्ने मेलेगाड खोलाले पनि यो ठाउँमा कटान गरेको अध्यक्ष धामीले बताए । यो क्षेत्रमा वारिपारी कटान रोक्न पक्की तडबन्ध निर्माणको लागि जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय दार्चुला, भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूरपश्चिमलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । प्रकाशित मिति: बिहीबार श्रावण ३, २०८१/Thursday 07-18-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या प्रदेश गौरब : खलंगा–खार सडक खण्ड अवरुद्ध पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दिवस मनाउन दिएको रकम जोशीको उपचारमा सहयोग पूर्वराजाको स्वागतमा विमानस्थल प्रवेशमा कडाइ नाँचनथली र हासनथलीको बीचमा मालवाहक ट्रक दुर्घटना हुदा तीन जना घाइते नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको अध्यक्षमा मुरारीलाल टमटा चयन दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन