२०८१ चैत, ११ मंगलबार

उकु महलको अवलोकन पछि कार्यालय प्रमुखको बैठक

मालिकार्जुन गाउँपालिका ६ नम्बर वडामा रहेको उकु महलको उत्खनन कार्यको अनुगमन सहितको अवलोकन गर्देेै दार्चुलाका सरकारी कार्यालयका प्रमुखहरुको बैठक उकुमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको नेतृत्वमा गएको कार्यालय प्रमुको टोलीले उत्खनन हुदै गएको महलको पुरातात्तिवक महत्तवका संरचनाहरूको अवलोकन गरेको हो । 
पुरातत्व विभागबाट आएका दुई जना प्राबिधिकहरुको टोलिले विगत दुई हप्तादेखि उत्खनन कार्य गर्दै आईरहेको छ । उत्खनन कार्यको प्रगति र सम्भावनाको बारेमा जानकारी लिन कार्यालय प्रमुखको बैठक पनि उक्त स्थलमा आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । 
पुरातत्व विभागका बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा उक्त कार्य भैरहेको छ । उत्खननमा संलग्न प्रतिनिधिहरूले उक्त महलको प्राचीन कालिन इतिहासको अध्ययन र पुनः निर्माण गर्नको लागि संरचनाका अध्ययन गरिरहेको बताएका छन् । सिमित स्रोतसाधन र कम प्राविधिक जनशक्तिले छिटो गरि अनुसन्धान गर्न समस्या भएको उप्रेतीको भनाईछ । सोचे भन्दा धेरै प्रगति भएको र छिट्टै अध्ययन सकेर पुनः निर्माण तिर लाग्ने उनको विश्वास छ । महलको इतिहास पत्ता लगाउनु महत्तवपूर्ण कार्य भएकाले त्यसलाई प्राथमिकता राखेर काम गरिरहेको उत्खनन कार्यमा संलग्न प्राविधिकहरुले जानकारी दिनु भयो । 
महलको ऐतिहासिक महत्तवलाई ध्यानमा राखेर पुनःनिर्माण गरि धार्मीक पर्यटनको विकास गर्न स्थानीय सरकार काम गरिरहेको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनु भयो । 
अवलोकन गर्न जिल्लामा रहेका सरकारी कार्यालयका कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमख, जनप्रतिनिधि र पत्रकारहरूको सहभागी रहेको थियो । 

 

प्रकाशित मिति: आइतबार फाल्गुण ४, २०८१/Sunday 02-16-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै