खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान योगेन्द्रसिह धामी अपिहिमाल गाउँपालिका दार्चुलाको अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने सडक निर्माणको लागी ठेक्का आह्वान गरिएको छ । अपिहिमालको मकरिगाड देखि गाउँपालिकाको केन्द्र खण्डेश्वरी सम्म जोड्ने रणनीतिक सडकको ट्याक खोल्नको लागी ठेक्का आह्वान गरिएको हो । सडक डिभिजन कार्यालय बैतडीमार्फत उक्त सडक निर्माणको लागी ठेक्का आह्वान गरिएको हो । सडक डिभिजनले आह्वान गरेको झन्डै ४ करोडको नयाँ ठेक्का मार्फत काफलधार देखि माथिको क्षेत्रमा काम हुनेछ । मकरिगाड देखि खण्डेश्वरी सम्मको १० किलोमिटर सडक निर्माण गर्नुपर्नेमा अहिलेसम्म मकरिगाड देखि काफलधार सम्म ३ किलोमिटर ट्याक खोलिएको छ । उक्त बजेटबाट कडा चट्टानी भाग १ किलोमिटर क्षेत्र र बाकी २ किलोमिटर थप ट्याक खोल्ने लक्ष्य रहेको बताइएको छ । चालु आर्थिक बर्ष भित्रै गाउँपालिका केन्द्र खण्डेश्वरीमा सडक पुगाउने लक्ष्यका साथ तयारी भइरहेको र केही दिनपछि स्थानीय पुर्वाधार विकास कार्यालय धनगढी र अपिहिमाल गाउँपालिकाबाट विनियोजित बजेटको समेत ठेक्का आह्वान गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । दार्चुलाका नौँ वटा स्थानीय तहमध्ये अपिहिमालबाहेक आठवटा पालिकाको केन्द्रसम्म सडकको पहुँच पुगेको छ । अपिहिमालको केन्द्रसम्म सडक पुर्याउन विगतदेखि प्रयास हुँदै आएको छ । केही महिना पहिले अपिहिमालबाट काठमाडौं गएको नेकपा (एमाले) को टोलीले उक्त सडकमा बजेट माग गर्दै काठमाडौंमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पुर्वाधार तथा यातायातमन्त्रीलाई डेलिगेसन बुझाएको थियो । पूर्वमन्त्री गणेशसिंह ठगुन्नाका साथै एमाले अपिहिमाल गाउँकमिटी अध्यक्ष धर्मानन्द मन्यालसहित स्थानीय नेताहरूले खण्डेश्वरी सडकमा बजेट विनियोजन गर्न माग गर्नुभएको थियो । अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको टोलीले पूर्वप्रधानमन्त्रीहरू र मन्त्री लगायत शिर्ष नेताहरूलाई भेटेर बजेट माग गर्नुभएको थियो । उक्त सडकमा बजेट विनियोजन गर्ने र माग गर्ने सबै पहलकर्तालाई अध्यक्ष बोहराले धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । प्रकाशित मिति: आइतबार फाल्गुण ४, २०८१/Sunday 02-16-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन ३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय मोटरसाइकलमा सवार शिक्षा अधिकृत ओझाको ढुङ्गालागेर मृत्यु पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने