निर्विरोध निर्वाचित भएका चार सभापतिले गरे शपथग्रहण सारथी खबर निर्विरोध निर्वाचित भएका सुदूरपश्चिम प्रदेश सभाका चार सभापतिहरूले शपथग्रहण गरेका छन् । चार संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएपछि आइतवार शपथग्रहण गरेका हुन् । सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले) का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली काँग्रेसका तुल्सी देवकोटाले शपथग्रहण गरेका छन् । गत पुस ११ मा सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउने सहमति भएको हो । विशेषाधिकार समिति काँग्रेसको भागमा परेको थियो । आइतबार सोही सहमतिअनुसार काँग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गरेका थिए । सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा यसअघि नै निर्वाचन भएर सभापति चयन भइसकेको हो । तर, विधायन तथा प्रदेश मामिला समितिबाहेकका तीन समितिका सभापतिलाई नै मन्त्री अवसर आएर मन्त्री भएपछि ती समिति ज्येष्ठ सदस्यको भरमा चलीरहेका थिए । विधायन तथा प्रदेश मामिला समितिमा भने देवानसिंह विष्ट सभापति छन् । प्रकाशित मिति: आइतबार फाल्गुण ४, २०८१/Sunday 02-16-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन ३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय मोटरसाइकलमा सवार शिक्षा अधिकृत ओझाको ढुङ्गालागेर मृत्यु पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने