२०८१ बैशाख, १७ सोमबार

एनसेलले घटायो इन्टरनेट शूल्क

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागु हुनेगरी डेटा सेवामा ‘पे एज यु गो’ अर्थात बिना डेटाप्याक इन्टरनेट चलाउँदा लाग्ने शूल्क २५ प्रतिशतले घटाएको छ । यो सँगै एनसेलका ग्राहकले अब १.५० रुपैयाँ प्रति एमबीका दरले इन्टरनेट प्रयोग गर्न पाउने छन् ।

एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शूल्क प्रति एमबी ५० पैसा घटाएको हो । यो परिमार्जित शूल्क लकडाउनको अवधिभर मात्रै लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिँदै आएको छ । जसबाट डेटा शूल्क ८० प्रतिशतसम्म कम भएको कम्पनीको भनाई छ ।

यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्छन्, त्यसै अनुरुप डेटा शूल्क थप सस्तो पर्दै जान्छ । पे एज यु गोमा दिइएको २५ प्रतिशत छूटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्मको छूटमा डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जान्छन् । जब ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० रुपैयाँ वा यो भन्दा थप १० दश रुपैयाँका दरले खर्च गर्दै जान्छन्, त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जान्छन् ।

सुरुमा डेटामा १० रुपैयाँ खर्च गरेपश्चात त्यसपछि खर्च हुने प्रत्येक १० रुपैयाँमा ग्राहकले २०/२० एमबी डेटा बोनसको रुपमा पाउँदै जाने कम्पनीले जनाएको छ । यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स १.०४ एबी डेटामा खर्च गर्दछन् भने, तत्कालै २ एमबी डेटा बोनस पाउँछन् ।

यसैगरी ग्राहकले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्दा बोनसको रुपमा ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउँछन् । यदि ग्राहकले मेन ब्यालेन्सबाट १०० रुपैयाँ डेटामा खर्च गर्दछन् भने कुल २५० एमबी डेटा पाउँछन् ।

एनसेलका अनुसार कोरोनाभाइरसले निम्त्याएको महामारीको समयमा ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले सापटी सेवामा थप रकम, निःशूल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जीबीको स्टे होम प्याक समेत प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार चैत २४, २०७६/Monday 04-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै