२०८१ बैशाख, १७ सोमबार

रिचार्ज कार्ड पाउनु भएन ?, घरबाटै रिचार्ज गर्न रोज्नुहोस् यी विकल्प

सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न विभिन्न विकल्पहरु खुल्ला गरेको छ । कम्पनीले रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (एमपीओएस) तथा (किओस्क मेसिन) मेसिन, विभिन्न भुक्तानी सेवा प्रदायकका एप, विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिङ सेवाहरु र भिषा/ मास्टर कार्ड लगायतका विकल्पहरु तयार पारेको हो ।

यसैगरी कम्पनीले ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ । तर, अहिले लकडाउनको अवस्थामा कम्पनीको रिचार्ज बिक्री हुने स्थानसम्म पुग्न ग्राहकलाई कठिनाई हुनेभन्दै टेलिकमले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थालाई थप सहज बनाएको छ ।

१. मोबाइल भुक्तानी सेवा तथा किओस्क मेसिन

कम्पनीका आधिकारिक एमपीओएस सेवा प्रदायकहरु (जस्तै : पुस्तक पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसर लगायतका स्थानमा राखिएका किओस्क मेसिन मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहज रुपमा गर्न सकिने छ ।

२. भुक्तानी सेवाप्रदायकका मोबाइल एप

भुक्तानी सेवा प्रदायकहरु (जस्तै : ईसेवा, खल्ती, आइएमई पे लगायत) का एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजै गर्न सकिने छ ।

३. विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिंङ सेवा

विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिंङ सेवा मार्फत पनि सहजै कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न सकिने भएको छ ।

४. बैंकको भिषा/मास्टर कार्डबाट

चलनचल्तीको भाषामा डेबिट कार्ड, क्रेडिट कार्ड तथा एटीएम कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न सकिन्छ । 

यसका साथै टेलिकमले ब्यालेन्स ट्रान्सफरको व्यवस्थालाई समेत परिमार्जन गरिएको छ । हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको थियो ।

त्यसलाई परिमार्जन गर्दै कम्पनीले अब एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने बनाएको हो ।

यसकालागि मोबाइलबाट 422*एसकाेड*माेबाइल नम्बर*रकम# डायल गर्नु पर्ने हुन्छ । यसमा उल्लेख गरिएको एसकाेड (सेक्युरिटी कोड) प्राप्त गर्न Scode टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्ने हुन्छ ।

उदाहरणका लागि ब्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१‍‍‍‍‍‍‍……. मा रु. २०० ट्रान्सफर गर्न 422*SCode*9841xxxxxx*200# डायल गर्नु पर्ने हुन्छ । 

प्रकाशित मिति: सोमबार चैत २४, २०७६/Monday 04-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै