२०८१ बैशाख, १७ सोमबार

महिला हिंसा विरुद्ध १६ दिने अभियानको शुरुवात (फोटो फिचर)

दार्चुलामा र्याली प्रदर्शन गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजना तथा महाकाली नगरपालिकाको सहयोगमा दिवसको शुरुवात गरिएको हो ।
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नारासहित अभियानको सुरुवात गरिएको हो । सदरमुकाम खलंगामा गरिएको र्यालीपछि विरेन्द्रवनमा कोणसभा गरिएको थियो ।
१६ दिने अभियान अन्र्तगत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न गतिविधि गरिने बताइएकोछ । कोणसभा कार्यक्रम प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको हो ।

प्रकाशित मिति: बुधबार मङ्सिर १०, २०७७/Wednesday 11-25-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै